नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी

काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिनुभएको छ ।

पुनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी पुगेर मनोनयन दर्ता गर्राउनुभएको हो । मनोनयनको क्रममा उहाँले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताउनुभएको छ ।

मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीना पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

यसअघि ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आ–आफ्ना पदबाट राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री