
काठमाडौँ, ४ माघः नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन यही माघ ९ र १० गते (२२ र २३ जनवरी २०२६) हुने भएको छ । महासङ्घले आइतबार पत्रकार सम्मेलन गरी कोशी प्रदेश राजधानी महाधिवेशन विराटनगरमा गर्ने निर्णय भएको जानकारी दिएको हो ।
‘प्राकृतिक स्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ भन्ने मूल नारासहित महाधिवेशन हुन लागेको महासङ्घका अध्यक्ष एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो ।
महाधिवेशनलाई भव्य र सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमिति गठन गरेर तयारी भइरहेको उहाँले बताउनुभयो । नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई गोलबद्ध गर्दै पहिचानसहितको सामूहिक अधिकार स्थापित गर्ने उद्देश्यले २०४७ सालमा नेपाल आदिवासी जनजाति महासङ्घको स्थापना भएको थियो । नेपालमा कुल जनसङ्ख्यामध्ये करिब ३६ प्रतिशत आदिवासी जनजातिको सङ्ख्या रहेको छ ।
नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजाति समुदायमध्ये महासङ्घमा ५६ समुदाय र विभिन्न १२ वटा सम्बद्ध सङ्गठन आबद्ध रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी विभिन्न २५ वटा देशमा महासङ्घका प्रवास सङ्गठन, देशभरका सातवटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद्, स्थानीय पालिका र वडा समन्वय परिषद्हरुमार्फत सङ्गठित भएर काम भइरहेको महासङ्घका अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह