
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायतका लागि नेपाली कार्यवहाक राजदूतसहित कर्मचारीहरुसँग भेटघाट गरेको छ ।
अध्यक्ष हित काजी गुरुङ नेतृत्वको टोलीले बिहीबार लन्डनस्थित दूतावासमै पुगेर उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत विपिन दुवाडी, प्रथम सचिव उद्धव न्यौपाने र तृतीय सचिव झुपलाल पुनलाई स्वागत तथा छलफल गरेको हो । उपनियोग प्रमुख दुवाडी, प्रथम सचिव न्यौपाने र तृतीय सचिव पुनलाई एनआरएनए यूकेका तर्फबाट अध्यक्ष गुरुङले पुष्पगुच्छा र खादाले स्वागत गर्नुभएको थियो ।
उहाँहरु ४ वर्षे कार्यकालको लागि नेपाल सरकारबाट नियुक्त हुनु भएर केही समयअघि जिम्मेवारी सम्हाल्न बेलायत आउनुभएको हो । स्वागत तथा भेटघाट कार्यक्रमका लागि एनआरएनए यूके केन्द्रीय, राष्ट्रिय र राज्यका पदाधिकारीहरू दूतावास पुग्नुभएको थियो ।
भेटमा लन्डन दूतावास र एनआरएनए यूकेबीच यसअघि रहँदै आएको सम्बन्ध र सहकार्य तथा सहयोगलाई निरन्तर र सुदृढ गर्दै लैजानेबारे दुवै पक्षबीच समझदारी बनेको सहभागीले बताएका छन् ।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने