
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायतका लागि नेपाली कार्यवहाक राजदूतसहित कर्मचारीहरुसँग भेटघाट गरेको छ ।
अध्यक्ष हित काजी गुरुङ नेतृत्वको टोलीले बिहीबार लन्डनस्थित दूतावासमै पुगेर उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत विपिन दुवाडी, प्रथम सचिव उद्धव न्यौपाने र तृतीय सचिव झुपलाल पुनलाई स्वागत तथा छलफल गरेको हो । उपनियोग प्रमुख दुवाडी, प्रथम सचिव न्यौपाने र तृतीय सचिव पुनलाई एनआरएनए यूकेका तर्फबाट अध्यक्ष गुरुङले पुष्पगुच्छा र खादाले स्वागत गर्नुभएको थियो ।
उहाँहरु ४ वर्षे कार्यकालको लागि नेपाल सरकारबाट नियुक्त हुनु भएर केही समयअघि जिम्मेवारी सम्हाल्न बेलायत आउनुभएको हो । स्वागत तथा भेटघाट कार्यक्रमका लागि एनआरएनए यूके केन्द्रीय, राष्ट्रिय र राज्यका पदाधिकारीहरू दूतावास पुग्नुभएको थियो ।
भेटमा लन्डन दूतावास र एनआरएनए यूकेबीच यसअघि रहँदै आएको सम्बन्ध र सहकार्य तथा सहयोगलाई निरन्तर र सुदृढ गर्दै लैजानेबारे दुवै पक्षबीच समझदारी बनेको सहभागीले बताएका छन् ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु