
लण्डन । अमेरिकामा प्रधान कार्यालय रहेको द एक्सप्लोरर्स क्लवले विश्व परिवर्तन गर्ने ५० जनाको सूचीमा कीर्तिमानी सगरमाथा आरोही तथा पूर्व गोरखा सैनिक हरि बुढामगरलाई छनौट गरेको छ ।
बुढामगरलाई पूर्व सैनिक तथा अपाङ्गता भएकाहरुको पैरवीकर्ता विधामा छनौट गरिएको हो ।
रोल्पामा जन्मिएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए । गोरखा सैनिकका रुपमा अफगानिस्तानमा कार्यरत रहेको बेलामा विष्फोटमा परी उनले दुवै गोडा गुमाएका थिए । सो घटनाबाट निको भएपछि उनले आफ्नो जीवन अपाङ्गता भएका मानिसहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउन र मानिसहरुलाई उत्प्रेरणामा समर्पित गर्दै आएका छन् । साहसिक खेलकुद मन पराउने बुढामगरले कायाकिङ, साइक्लिङ, ह्वीलचेयर दौड, स्की, पर्वतारोहण गर्दै आएका छन् । उनले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरी घुँडामाथिबाट कृतिम खुट्टाको सहारामा सगरमाथा आरोहणको विश्वकीर्तिमान कायम गरेका छन् ।
नेपालमा अपाङ्गतालाई लुकाउने, शिक्षितहरुमा पनि अपाङ्गता भएकाप्रतिको गलत दृष्टिकोण राख्ने गरिएको आफ्नो अनुभव बुढा साट्छन् । उनी अपाङ्गता भएकाहरुलाई गरिब, दयालाग्दो, अरुको सहारामा बाँच्ने होइन सफल, खुशी र अर्थपूर्ण जीन्दगी बाँच्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छन् ।
अपाङ्गता भएकाहरुलाई सगरमाथा चढ्न नेपाल सरकारले रोक लगाएकोमा बुढाले सो प्रावधान हटाउन पनि अभियान गर्नु परेको थियो ।
सन् १९०४ मा अमेरिकामा स्थापना भएको द एक्सप्लोरर्स क्लबले विगत चार वर्षदेखि हरेक वर्ष विश्वभरबाट ५० जनाको छनौट गर्ने गरेको छ । जसलाई द एक्सप्लोरर्स क्लव फिफ्टी भनिने गर्छ ।
चर्चाभन्दा बाहिर रहेका विज्ञान र अन्वेषण क्षेत्रमा अभूतपूर्व काम गरेकाहरुमध्येबाट छनौट गर्ने बताइएको छ । छनौटमा पर्नेहरुले अनुसन्धान, प्रोत्साहन र पृथ्वीको भविष्यका लागि काम गरिरहेको दाबी गरिएको छ ।
हालसम्म ५१ देशबाट १ हजार ६१८ जनामध्येबाट २०० जना छनौट गरेको छ ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]