
लण्डन । अमेरिकामा प्रधान कार्यालय रहेको द एक्सप्लोरर्स क्लवले विश्व परिवर्तन गर्ने ५० जनाको सूचीमा कीर्तिमानी सगरमाथा आरोही तथा पूर्व गोरखा सैनिक हरि बुढामगरलाई छनौट गरेको छ ।
बुढामगरलाई पूर्व सैनिक तथा अपाङ्गता भएकाहरुको पैरवीकर्ता विधामा छनौट गरिएको हो ।
रोल्पामा जन्मिएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए । गोरखा सैनिकका रुपमा अफगानिस्तानमा कार्यरत रहेको बेलामा विष्फोटमा परी उनले दुवै गोडा गुमाएका थिए । सो घटनाबाट निको भएपछि उनले आफ्नो जीवन अपाङ्गता भएका मानिसहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउन र मानिसहरुलाई उत्प्रेरणामा समर्पित गर्दै आएका छन् । साहसिक खेलकुद मन पराउने बुढामगरले कायाकिङ, साइक्लिङ, ह्वीलचेयर दौड, स्की, पर्वतारोहण गर्दै आएका छन् । उनले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरी घुँडामाथिबाट कृतिम खुट्टाको सहारामा सगरमाथा आरोहणको विश्वकीर्तिमान कायम गरेका छन् ।
नेपालमा अपाङ्गतालाई लुकाउने, शिक्षितहरुमा पनि अपाङ्गता भएकाप्रतिको गलत दृष्टिकोण राख्ने गरिएको आफ्नो अनुभव बुढा साट्छन् । उनी अपाङ्गता भएकाहरुलाई गरिब, दयालाग्दो, अरुको सहारामा बाँच्ने होइन सफल, खुशी र अर्थपूर्ण जीन्दगी बाँच्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छन् ।
अपाङ्गता भएकाहरुलाई सगरमाथा चढ्न नेपाल सरकारले रोक लगाएकोमा बुढाले सो प्रावधान हटाउन पनि अभियान गर्नु परेको थियो ।
सन् १९०४ मा अमेरिकामा स्थापना भएको द एक्सप्लोरर्स क्लबले विगत चार वर्षदेखि हरेक वर्ष विश्वभरबाट ५० जनाको छनौट गर्ने गरेको छ । जसलाई द एक्सप्लोरर्स क्लव फिफ्टी भनिने गर्छ ।
चर्चाभन्दा बाहिर रहेका विज्ञान र अन्वेषण क्षेत्रमा अभूतपूर्व काम गरेकाहरुमध्येबाट छनौट गर्ने बताइएको छ । छनौटमा पर्नेहरुले अनुसन्धान, प्रोत्साहन र पृथ्वीको भविष्यका लागि काम गरिरहेको दाबी गरिएको छ ।
हालसम्म ५१ देशबाट १ हजार ६१८ जनामध्येबाट २०० जना छनौट गरेको छ ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण