
रियोदिजेनेररियो । ब्राजिलका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुुरोध गर्नुभएको छ ।
पूर्वराष्ट्रपतिको अमेरिका बस्ने यो चाहनाले उहाँ तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको छ । स्वदेशमा उहाँमाथि विविध कानुनी अड्चन आउने सम्भावना छन् ।
पूर्वराष्ट्रपतिले अमेरिकी भिसाका लागि आवेदन गर्नुभएको समाचार उहाँका आप्रवासनसम्बन्धी वकिललाई उद्धृत गर्दै सर्वप्रथम ‘द फिनान्सियल टाइम्ज’ले सार्वजनिक गरेको थियो ।
गत डिसेम्बर ३० मा पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिकाको फ्लोरिडा प्रस्थान गर्नुभएको थियो । त्यसको दुई दिनपछि ब्रजिलमा नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्ने दिन थियो । उक्त दिन देशको स्थिति सामान्य रहे पनि एक सातापछि उहाँका समर्थकले देशव्यापी आन्दोलन गरेर राष्ट्रपति लुइज इनाकियो लुला डिसिल्भाको निर्वाचन बदर हुनुपर्ने माग गर्दै आन्दोलन चर्काएका थिए ।
पूर्वराष्ट्रपति बोल्सोनारोले आन्दोलन भड्काएको लगायत विभिन्न आरोप लागेको छ । तीन दशक लामो राजनीतिक यात्रा पार गर्नुभएका बोल्सोनारोलाई ब्राजिल सरकारले पूर्वराष्ट्रपतिका रुपमा कुनै पनि सुविधा उपलब्ध गराएको छैन । उहाँमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्न बाँकी छ ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो