
कास्की । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आज तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा यसअघि नियुक्त मन्त्रीको कार्यविभाजन गर्नुभएको हो ।
नेकपा (एमाले) का दुई र नेकपा(माओवादी केन्द्र) का एक मन्त्री थपिनुभएको हो । यससँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री अधिकारीले नेकपा (एमाले) बाट रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुनमन्त्री र बेदबहादुर गुरुङलाई कृषि, ऊर्जा र जलस्रोतमन्त्रीमा नियुक्त गर्नुभयो । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसअघि मन्त्री नियुक्त हुनुभएका माओवादीका हरिबहादुर चुमानले भौतिक, पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसैगरी नेकपा(एमाले) का सीताकुमारी सुन्दास आर्थिक मामिला र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।
गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा मन्त्रालय सङ्ख्या घटाएर सातमा झारिएको छ । मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन तोक्नुअघि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौँमा परामर्श गर्नुभएको थियो । अधिकारी गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ