गोरखा समस्यामा प्रभावकारी भूमिका खेल्ने मन्त्रीद्वयको प्रतिवद्धता

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईसित भेटी गोरखाहरुको समस्याका बारेमा अवगत गराएको छ ।
गेसो सभापति कृष्ण कुमार राईको नेतृत्वमा गएको भूपू सैनिकहरुको एक प्रतिनिधि मण्डलले आइतबार मन्त्री सुदन किराती र आज मन्त्री राजेन्द्रकुमार राईसित भेट गरेको हो ।
भेटमा मन्त्रीहरुलाई भूपू सैनिकहरुको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको साथै बेलायती सरकारले गोरखा सैनिकहरुमाथि सदियौंदेखि गर्दै आएको विभेदलाई अन्त्य गर्न नेपाल र बेलायत सरकार तथा भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्तालाई सार्थक बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गरिएको सभापति राईले जानकारी दिनुभयो ।
मन्त्रीद्वयले आफूहरु पनि भूपू सैनिकहरुकै सन्तान भएको हुनाले गोरखा समस्या सम्बन्धमा जानकार रहेको अहिले नेपाल सरकारको जिम्मेवार मन्त्री पनि भएको हुनाले अहिले नेपाल र बेलायत साथै भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्ता हाम्रै कार्यकालमा सम्पन्न गर्न चाहेको बताएका थिए । उनीहरुले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म वार्तामा नेपाल सरकारको तर्पmबाट प्रभावकारी भूमिका रहनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री