काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा रानामगर निर्वाचित भएकी छिन् ।
आज प्रतिनिधिसभामा भएको मतदानमा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा १६६ मत परेको थियो भने उनको विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए ।
कुल २६४ सांसद उपस्थित आजको बैठकमा रानामगरको पक्षमा बहुमत सांसदहरुको मत परेपछि नेपाली काँग्रेसको उम्मेदवार मुक्ताकुमारी यादवको उम्मेदवारीमाथि मत विभाजन गर्नु नपरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
रानामगरलाई सत्तारुढ दलहरुको समर्थन रहेको थियो भने यादवलाई विपक्षी नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतको समर्थन रहेको थियो ।
जेलमा रहेका बाबुआमाका छोराछोरीलाई आश्रय तथा शिक्षा दीक्षा दिएर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएकी रानामगर पहिलोपटक संसदमा प्रवेश गरेकी हुन् ।
संयोग पनि यस पटकको प्रतिनिधिसभाका सभामुख र उपसभामुख दुवै पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान