
काठमाडौँ । अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस हुनुभएको छ ।
नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
अधिवक्ता डा पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । संवैधानिक र फौजदारी कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ ।
यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सरकारको कानुनी सल्लाहकार खम्बहादुर खाती हुनुहुन्थ्यो । उहाँले सोमबार पदबाट राजीनामा दिनुभएको थियो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान