दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ ।
सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ । आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले विकासको क्षेत्रमा पछि परेको देउखुरी उपत्यका अब आधुनिक सहरका रूपमा विकसित हुने बताउनुभयो । उहाँले यस क्षेत्रको स्वास्थ्य र शिक्षाको विकास समयअनुसार अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले देउखुरी क्षेत्रको विकासका लागि आफ्नो प्रयास रहने बताउँदै यसका लागि यहाँका स्थानीयवासी पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सङ्घीयता कार्यान्वयनमा सफल हुँदै गएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले संवैधानिक व्यवस्था भएकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट कसैले पनि अन्यत्र सार्न नसक्ने बताउनुभयो । त्यस अवसरमा नेपाली कला र संस्कृतिमा आधारित झाँकीहरू पनि प्रदर्शन गरिएको थियो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान