
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा सदस्यको नाम छनोट गरिएको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
जसअनुसार प्रदेश नं १ बाट विद्या चाम्लिङ राई सिफारिस हुनुभएको छ भने मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस हुनुभएको छ ।
साथै बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठको नाम सिफारिस भएको छ भने लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको छ । पार्टीले कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम सिफारिस गरेको छ ।
सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ । सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको बैठकले निर्वाचनको प्रारम्भिक समीक्षा गरी आगामी पुस ५ गतेभित्रमा सबै जिल्लाको निर्वाचन विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशनसमेत गरेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने