
काठमाडौँ । गण्डकी प्रदेशसभाका लागि मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) नेकपा (एकीकृत समाजवादी)का प्रवेश गर्नुभएको छ ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज आफ्नै निवास कोटेश्वरमा प्रदेशसभा सदस्य गुरुङलाई पार्टी प्रवेश गराउनुभएको हो । उहाँले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा(एकीकृत समाजवादी)सँग मिल्ने भएकाले सो पार्टी प्रवेश गरेको बताउनुभएको छ । उहाँले राजनीति कमाउनको लागि होइन सेवा भावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिनेकार्य भएको उल्लेख गर्दै भन्नुभएको छ, “यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो ।”
प्रदेशसभा सदस्य गुरुङले परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको सङ्गठनमा आबद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा आफू पुगेको उल्लेख गर्नुभएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने