
लन्डन । एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह अंकित ब्याज लगाएर प्रतिष्पर्धामा भिडेका विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले प्रतियोगिता जितेका छन् ।
हिजो २६ नोभेम्बर शनिबार लन्डन ओटु एरिनामा सम्पन्न डब्ल्यूबीओ इन्टेरिम सुपर मिडलवेट टाइटिलका लागि आयोजित प्रतिष्पर्धामा पूर्व डब्ल्यू। बी। सी। सुपर मिडलवेट च्याम्पियन जोन राइडरले ज्याक पार्करलाई पराजित गरेका हुन् ।
चार राउण्डको घमासान मुक्केवाजीपछि पार्करले हातमा चोटका कारण प्रतियोगिता छाडेका थिए ।
राइडरले अब आउंदो मेमा डब्लुबीसी, डब्लुबीए, डब्लुबीओ, आइबीएफ टाइटिलका लागि म्याक्सिकन सुपरस्टार क्यानेलो अल्भारेजसंग भिड्नेछन् । क्यानेलोसंग भिड्ने आफ्नो सपना र यो करिअरका लागि पनि कोशेढुंगा हुने राइडरले बताए ।
जोन राइडरले ३७ आफ्ना व्यवसायिक फाइटमध्ये ३२ वटा जितेका छन् ।
हजारौं दर्शकले प्रत्यक्ष र लाखौंले टिभी च्यानलबाट हेरेको उक्त रोमाञ्चक प्रतिष्पर्धामा जोनले खेल अवधिभर एनआरएनए यूके र गोर्खाको चिन्ह अंकित ब्याज लगाएका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।
अध्यक्ष गाहामगरको अनुरोध तथा संयोजनमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिडेका हुन् ।
राइडरका पूर्व प्रशिक्षक तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राइडरलाई बधाइ दिंदै अहिलेसम्म ५ वटा फाइटमा एनआरएनए यूकेलाई निशुल्क प्रायोजन गरिदिएको भन्दै विशेष आभार पनि व्यक्त गरेका छन् ।
यस्तो प्रतियोगितामा प्रायोजन गर्न लाखौं पाउण्ड तिर्नुपर्ने भएपनि जोनले नेपालीलाई निशुल्क स्पोन्सर गरिदिएका गाहामगरले बताए ।
जोनले गत फेब्रुअरी १२ मा भएको प्रतिष्पर्धामा पनि एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गरेका थिए ।
बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यू बी सी च्याम्पिनयनसीप २०१९ का विजेता हुन् ।
जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् । उनले अमेरिकाको लसभेगस देखि ओटु एरिना, लन्डनका कयौं बक्सिङ खेलमा प्रतिष्पर्धा गरिसकेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]