दमौली । तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी हुनुभएको छ ।
आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्नुभएको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभामा निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुनुहुन्छ । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्रतिस्पर्धा गर्नुभएको थियो । उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]