काठमाडौँ । दोस्रो जनआन्दोलनदेखि राष्ट्रिय राजनीतिमा पेचिलो बनेको मधेसमा डा सिके राउतको उदयको संकेत देखा परेको छ ।
उनी कुनै समयमा मधेस आन्दोलनका मसिहा उपेन्द्र यादवलाई करिब दोब्बर मतले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका छन् । जनमत पार्टीका उम्मेदवार राउले सप्तरी २ बाट ३५ हजार ४२ मत पाए भने यादवले १६ हजार ९७९ मत मात्र पाए । यादव यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरका राउत करिब एक दशकअघि नेपाल फर्किएका थिए । शुरुमा मधेसलाई अलग देशको मान्यता दिइनुपर्ने माग राखेर आन्दोलन चर्काएका राउत पटकपटक प्रहरीको दमन, पक्राउ र जेलमा परेका थिए । उनको खुट्टासमेत भाँचिएको थियो ।
केही वर्षअघि सरकारसित सम्झौता गरेर अखण्ड नेपाल मान्न स्वीकार गरेका राउत आगामी दिनमा मधेसको मूलप्रवाह बन्न सक्ने संकेत देखा परेको छ । किनकी यादवका साथै मधेसका अर्का नेता महन्थ ठाकुर र राजेन्द्र महत्तोसमेत यसपटक चुनाव जित्न सास्ती खेपिरहेका छन् ।
राउतले मधेसका केही प्रदेश सदस्य पनि जितेका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ