
सुदूरपश्चिम । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो । सो क्षेत्रमा ६३ हजार सात सय ४० मत खसेकामा ५९ हजार सात सय १९ मत सदर भएको छ ।
प्रतिनिधिसभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रदेशसभातर्फको मतगणना सुरु गरिएको दाहालले बताउनुभयो । जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीले खोलेका हुन् । टीकापुर काण्डका कारण हाल जेलमा रहेका रेशम चौधरीकी श्रीमती सो पार्टीकी अध्यक्ष छिन् । सो पार्टी गत स्थानीय निर्वाचनमा कैलाली जिल्लामा पहिलो दल बनेको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ