
मोरङ । प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा आज विराटनगरमा निधन भएको छ ।
उहाँको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते निर्वाचनको मनोनयन दर्तापश्चात् स्वास्थ्यमा समस्या देखिएको थियो । थापाको स्वास्थ्यमा निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका काठमाडौँको ह्याम्स अस्पताल लगिएको थियो ।
उहाँलाई स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि विराटनगर ल्याइएको थियो । उहाँको श्वासप्रश्वासमा समस्या भएपछि पुनः सोमबार उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।
थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । थापाको पथरीशनिश्चरे–८ घाटमा आज दाहसंस्कार गर्ने पार्टी सचिव घिमिरेले जानकारी दिनुभयो ।
यसैवीच मोरङ क्षेत्र नं ३ ‘क’को निर्वाचन कार्यक्रम स्थगित नहुने प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
कांग्रेस मोरङले मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृतको कार्यालयलाई निधनका विषयमा जानकारी गराएपछि आयोगले अरू गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयन प्रक्रिया अघि बढाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताउनुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ