काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा पूर्व सांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्व सभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्व सभापति हर्क जङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्व क्षेत्रीय सभापति बद्री चौलागाइँ, पूर्व राज्यमन्त्री राजेन्द्रबहादुर शाह, कांग्रेसका पूर्व केन्द्रीय सदस्य हेमराज तातेड, पूर्व सांसद महादेव गुरुङलगायत हुनुहुन्छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि पार्टीको सदस्यता नरहने गरी ती सबैलाई कारबाही गरिएको जानकारी दिनुभयो । कांग्रेसले बागी, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावली अभिलेखबाट हटाइने उहाँले बताउनुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ