
काबुल । तालिवानद्वारा सञ्चालित प्रशासनले एक लाख ५० हजार जना सैन्य कर्मचारी भएको राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार राष्ट्रिय सेनाको सङ्ख्या अझ बढ्न सक्नेछ ।
राष्ट्रिय सेनामा हाल एक लाख ५० हजार कर्मचारी रहेका र त्यसमा अझ वृद्धि हुनसक्ने कार्यवाहक रक्षामन्त्री मौलावी मोहम्मद याकुव मुजाहिदलाई उद्धृत गर्दै बख्तरले जनाएको छ । रक्षा मन्त्रालयको प्राविधिक टोलीले बितेको एक वर्षमा बिग्रेका ६० वटा हेलिकप्टर मर्मतसम्भार गरेको छ ।
गत वर्षको अगष्टमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फर्किएपछि त्यहाँको सरकारलाई सत्ताच्युत गरेर तालिवान समूह सत्तामा आएको हो । अमेरिकी नेतृत्वको सुरक्षा फौज अफगानिस्तानमा सक्रिय रहँदा एक लाख ५० हजार जनाको राष्ट्रिय सेनासहित तीन लाख ५० हजार सम्मिलित सुदृढ सुरक्षा बलले देशमा शान्ति सुव्यवस्था कायम गरेको थियो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै