
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ ।
सोमबार बसेको प्राज्ञ सभाको बैठकको निर्णयअनुसार प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका ८ जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रज्ञा–प्रतिष्ठानले २०७९ सालका लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’, पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’, यसैगरी मधेश तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’, भोजपुरका प्रा.डा. प्रेमकुमार खत्रीलाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’, काठमाडौँका प्रा. विद्यानाथ उपाध्यायलाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार’, काठमाडौँका डा. नयनाथ पौडेललाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
यी पुरस्कार प्रत्येक एक वर्षमा प्रदान गर्ने गरिन्छ ।
यसैगरी २०७८÷०७९ का लागि भारत, दार्जिलिङका नरबहादुर दाहाललाई रु. दुई लाख राशीको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ र झापाका प्रा.डा. गोविन्दराज भट्टराईलाई रु. दुई लाख राशीकै ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
यी दुई पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिन्छ ।
प्रत्येक चार वर्षमा प्रदान गरिने नेपालकै सर्वोच्च र विशिष्ट पुरस्कार रु. चार लाख राशीको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ र तीन हजार अमेरिकी डलर राशीको ‘नेपाल प्रज्ञालङ्कार’ दुई वर्षअघि नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र चीनका प्राध्यापक वाङ हङ्वेईलाई प्रदान गरिसकिएको छ ।
पुरस्कारहरू भदौको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी राष्ट्रपतिबाट प्रदान गरिने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभयो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम