
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ ।
सोमबार बसेको प्राज्ञ सभाको बैठकको निर्णयअनुसार प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका ८ जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रज्ञा–प्रतिष्ठानले २०७९ सालका लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’, पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’, यसैगरी मधेश तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’, भोजपुरका प्रा.डा. प्रेमकुमार खत्रीलाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’, काठमाडौँका प्रा. विद्यानाथ उपाध्यायलाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार’, काठमाडौँका डा. नयनाथ पौडेललाई रु. एक लाख राशीको ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
यी पुरस्कार प्रत्येक एक वर्षमा प्रदान गर्ने गरिन्छ ।
यसैगरी २०७८÷०७९ का लागि भारत, दार्जिलिङका नरबहादुर दाहाललाई रु. दुई लाख राशीको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ र झापाका प्रा.डा. गोविन्दराज भट्टराईलाई रु. दुई लाख राशीकै ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
यी दुई पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिन्छ ।
प्रत्येक चार वर्षमा प्रदान गरिने नेपालकै सर्वोच्च र विशिष्ट पुरस्कार रु. चार लाख राशीको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ र तीन हजार अमेरिकी डलर राशीको ‘नेपाल प्रज्ञालङ्कार’ दुई वर्षअघि नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र चीनका प्राध्यापक वाङ हङ्वेईलाई प्रदान गरिसकिएको छ ।
पुरस्कारहरू भदौको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी राष्ट्रपतिबाट प्रदान गरिने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभयो ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण