
ल्हासा । दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती अधिकारीले बताएका छन् ।
मानिसहरूको जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्ने स्थानीय कार्यक्रम अन्तर्गत उनीहरूलाई स्थानान्तरण गर्न लागिएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको गरिबी निबारण कार्यक्रमले विकासको पूर्वाधार पुर्याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकीकृत बस्ती बनाई उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीति अन्तर्गत चीनमा हजारौँ मानिस लाभान्वित बनेका छन् ।
आगामी डेढ महिनामा समुद्री सतहभन्दा ४,५०० मिटरमाथिको औसत उचाइ भएका ठाउँहरूबाट स्थानीयहरूलाई तीन हजार ६०० मिटरको उचाइ रहेको शानन शहरमा ल्याइनेछ ।
तिब्बतको एक सयभन्दा बढी शहरमा सञ्चालित स्थानान्तरण योजनाले आठ वर्षमा एक लाख ३० हजार नागरिकको जीवनयापनलाई परिवर्तन गरेको बताइएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक