
यदि तपाईं सानो वा मध्यम व्यवसायी (एसएमइ) हुनुहुन्छ र तपाईंलाई बेलायत सरकारबाट प्राप्त हुनसक्ने सहयोगका बारेमा थाहा छैन भने हामी तपाईलाई केही जानकारी दिनेछौँ । सरकारले तपाईहरुका लागि केही सहयोगको प्याकेज ल्याएको छ र त्यसलाई तपाईंले अहिले नै प्राप्त गरी आफ्नो व्यवसायमा लगानी गर्न र व्यापार बढाउन सक्नुहुन्छ ।
आफ्नो व्यवसायको लागि आर्थिक सहयोग प्राप्त गर्न सक्ने पाँचवटा तरिकाहरू छन् :
पहिलो, रोजगार भत्तासहित ५ हजार पाउण्ड सम्मको दावी गर्न सक्नुहुन्छ । रोजगार भत्ता एक कर राहत हो जसले योग्य व्यवसायहरूलाई प्रत्येक वर्ष आफ्नो राष्ट्रिय बीमा योगदान (एनआइ कन्ट्रीब्यूसन) बिल कम गर्न अनुमति दिन्छ। यदि तपाईँ व्यवसायी हुनुहुन्छ भने यो दाबी गर्न सक्नुहुन्छ ।
यस्तै, तपाईले रोजगारदाता भएवापत तिर्न पर्ने इनआइ योगदानमा १ हजार पाउण्डसम्म छुट पाउन सक्नुहुन्छ । यो लगभग पचास लाख साना तथा मझौला व्यवसायीका लागि लागू हुने देखिन्छ । यसलाई १ हजार पाउण्डसम्म मूल्यको नयाँ कर कटौती हो भन्दा पनि हुन्छ। यसबाट लगभग ५० हजार व्यवसायीहरूले लाभ पाउने विश्वास गरिएको छ ।
दोस्रो, सफ्टवेयरमा ५० प्रतिशत छूट । हेल्प टु ग्रो नाम दिइएको यस योजनाको उद्देश्य बेलायतभर डिजिटल प्रविधि भित्र्याउने हो । जसले तपाईंलाई आफ्नो व्यवसाय बढाउन मद्दत गर्ने डिजिटल प्रविधिहरू रोज्न, किन्न र अपनाउन मद्दत गर्ने लक्ष्य राखेको छ।
योग्य व्यवसायीहरूले ५ हजार पाउण्डसम्मका नयाँ सफ्टवेयरहरू खरीद गर्दा ५०% छूट प्राप्त गर्न सक्छन्। साथै तपाईंको व्यापार प्रदर्शन बढाउन कुन डिजिटल प्रविधि सबैभन्दा उपयुक्त छ भन्ने बारेमा नि:शुल्क निष्पक्ष सल्लाह र मार्गदर्शन प्राप्त गर्न पनि सकिन्छ।
तेस्रो, तपाईंको व्यापार दर (बिज्नेस रेट) आधासम्म लाभ उठाउनुहोस् । यस वर्षको अप्रिलदेखि साना खुद्रा, आतिथ्य र मनोरञ्जन व्यवसायहरूले आफ्नो व्यापारिक दरको बिलबाट ५०% लाभ उठाउन सक्छन्। यो योजनामा ४ लाख व्यवसाय योग्य हुने र १.७ अर्ब पाउण्डसम्म लाभ प्राप्त गर्ने आँकलन गरिएको छ।
पछिल्लो ५ वर्षमा ४.६ अर्ब पाउण्डको वचत गर्दै व्यवसायीको व्यापार दर गुणकलाई पनि अर्को वर्ष फ्रोजन गरिएको छ । यो तिनीहरूले कति व्यापार दर तिर्नुपर्छ भनी हिसाब गर्न प्रयोग गरिन्छ र यो अक्सर हरेक वर्ष मुद्रास्फीति सँगसँगै बढ्छ।
चौथो, सुपर-कटौती (सुपर डिडक्सन) र वार्षिक लगानी भत्ता (एन्युअल इन्भेष्टमेण्ट अलाउन्स) संग आफ्नो व्यवसायमा लगानी गर्नुहोस् । व्यापारिक लगानीलाई बढाउन, अति कटौतीले कम्पनीहरूलाई कुनै पनि योग्य मेसिन तथा उपकरणहरूमा लगानी गर्ने प्रत्येक १ पाउण्डको लागि २५ पेन्सले कर बिल कटौती गर्न अनुमति दिन्छ। यसमा कम्प्युटर, प्रायजसो व्यावसायिक गाडी तथा अफिस फर्निचरहरू किन्दा लाभ लिन सकिन्छ ।
वार्षिक लगानी भत्ताका लागि १० लाख पाउण्डको अस्थायी सीमा पनि कायम गरिएको छ । यो २०२२ को सुरुमा २ लाख पाउण्डमा पुन: भर्नुपर्ने थियो। वार्षिक लगानी भत्ताले व्यापारलाई योग्य व्यापारिक उपकरणहरूमा १० लाख पाउण्डसम्म खर्च गर्न र कर योग्य मुनाफा हिसाब गर्नुअघि वर्षमा यसको पूरा खर्च कम गर्न अनुमति दिन्छ।
यी दुवै कर विच्छेदहरू मार्च २०२३ को अन्तसम्म कम्पनीहरुले त्यसअघि खर्च गरेर फाइदा उठाउन सक्छन्।
पाँचौँ, फ्यूल ड्युटीमा कटौती गर्दा लाभ । सरकारले पेट्रोल र डिजेलमा इन्धन शुल्कमा एक वर्षका लागि प्रतिलिटर ५ पैसा कटौती गरेको छ ।
यो कटौतीबाट औसतमा प्रति भ्यानले वार्षिक २०० पाउण्ड, औसत प्रति हाउलियरले १ हजार ५०० पाउण्डसम्म बचत गर्न सक्छ ।
तपाईंको व्यवसायको लागि अन्य के सहयोग उपलब्ध हुन सक्छ भन्ने कुरा पत्ता लगाउन जीओभी डट युकेमा गई बिज्नेस सपोर्ट सर्च गर्न सक्नुहुन्छ । अथवा अरु योग्य व्यवसायीहरुबाट पनि जानकारी लिन सक्नुहुन्छ । यदि हामीसित जानकारी लिन चाहनुहुन्छ भने हामी त्यस्तो जानकारी दिन तम्तयार छौँ । हामीलाई 07867308033 र ०१२५२ 656888 मा फोन वा shyam@paperworksolutions.co.uk मा इमेल गर्नसक्नुहुन्छ ।
(श्रेष्ठ सर्टिफाइड चार्टर्ड अकाउण्टेण्टका साथै बिज्नेस एडभाइजर हुन्)
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत