
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका-नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताउनुभएको छ । उहाँले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको चर्चा गर्नुभएको हो ।
विदेशमन्त्री ब्लिङ्केनले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको छ, ‘हामीहरु आज अमेरिका नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाइरहेका छौँ । यस अवधिमा नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै परिवर्तन हासिल गरेको हामीले देखेका छौँ ।’
नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसबखत नेपालको राजधानी काठमाडौँमा दुई देशबीच व्यापार तथा मित्रतासम्बन्धी एक सम्झौता पनि गरिएको थियो ।
गएका ७५ वर्षको अवधिमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विविध क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । दुई देशबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धजस्तै नागरिकस्तरमा पनि अन्योन्याश्रित सम्बन्ध रही आएको छ ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा