काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान वरिष्ठ गीतकार डा. कृष्णहरि बराललाई र प्रतिभा पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले रु ५० हजार राशी, दोसल्ला र सम्मानपत्रसहितको सम्मान डा. बराललाई र रु एक लाख राशीको पुरस्कार र सम्मानपत्र गुरुङलाई प्रदान गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व कुलपति काइँलाले बेलायतमा रहेका स्रष्टाहरूद्वारा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले भाषा, साहित्य, कला र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत प्रतिभाले सम्बन्धित विधामा पुर्याएको योगदानको उचित कदर भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले गरिरहेका विविध गतिविधिहरूको प्रशंसा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य र लोकवार्ता विभागले लेखाइरहेको नेपाली बालसाहित्यको इतिहास लेखनमा बेलायत डायास्पोराका बालसाहित्यसँग सम्बन्धित सूचनाहरू उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्नुभयो ।
साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भएपनि सम्मान तथा पुरस्कारको रकम वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डा. रजनी ढकालले सम्मानित प्रतिभा डा. बराल र पुरस्कृत प्रतिभा गुरुङको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित प्रतिभा बरालले साहित्य सृजनामा लागेका ठूला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्नुहुँदै तिनीहरूको खोजी गरेर सम्मान गरिनुपर्नेमा जोड दिनुभयो । पुरस्कृत प्रतिभा गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताउनुभयो ।
प्रतिभा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेश राईले प्रतिभा प्रतिष्ठानले युद्ध साहित्य तथा डायास्पोरिक साहित्यलाई पनि प्रवर्धन गरिरहेको बताउनुभयो ।
प्रतिभा प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राईले संस्थाले बेलायतमा ‘अभिव्यक्ति शृङ्खला’ नामक वार्षिक एकल कविता वाचन लगायतका साहित्यिक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
महासचिव देवेन्द्र खेरेसले संस्थाबाट हालसम्म १४ जना प्रतिभालाई सम्मान तथा १४ जनालाई प्रतिभालाई पुरस्कार अर्पण गरिसकेको बताउनुभयो ।
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह