काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान वरिष्ठ गीतकार डा. कृष्णहरि बराललाई र प्रतिभा पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले रु ५० हजार राशी, दोसल्ला र सम्मानपत्रसहितको सम्मान डा. बराललाई र रु एक लाख राशीको पुरस्कार र सम्मानपत्र गुरुङलाई प्रदान गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व कुलपति काइँलाले बेलायतमा रहेका स्रष्टाहरूद्वारा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले भाषा, साहित्य, कला र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत प्रतिभाले सम्बन्धित विधामा पुर्याएको योगदानको उचित कदर भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले गरिरहेका विविध गतिविधिहरूको प्रशंसा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य र लोकवार्ता विभागले लेखाइरहेको नेपाली बालसाहित्यको इतिहास लेखनमा बेलायत डायास्पोराका बालसाहित्यसँग सम्बन्धित सूचनाहरू उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्नुभयो ।
साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भएपनि सम्मान तथा पुरस्कारको रकम वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डा. रजनी ढकालले सम्मानित प्रतिभा डा. बराल र पुरस्कृत प्रतिभा गुरुङको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित प्रतिभा बरालले साहित्य सृजनामा लागेका ठूला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्नुहुँदै तिनीहरूको खोजी गरेर सम्मान गरिनुपर्नेमा जोड दिनुभयो । पुरस्कृत प्रतिभा गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताउनुभयो ।
प्रतिभा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेश राईले प्रतिभा प्रतिष्ठानले युद्ध साहित्य तथा डायास्पोरिक साहित्यलाई पनि प्रवर्धन गरिरहेको बताउनुभयो ।
प्रतिभा प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राईले संस्थाले बेलायतमा ‘अभिव्यक्ति शृङ्खला’ नामक वार्षिक एकल कविता वाचन लगायतका साहित्यिक कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
महासचिव देवेन्द्र खेरेसले संस्थाबाट हालसम्म १४ जना प्रतिभालाई सम्मान तथा १४ जनालाई प्रतिभालाई पुरस्कार अर्पण गरिसकेको बताउनुभयो ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची