लण्डन । इङल्याण्डमा कोरोना संक्रमण भएकाहरुले अब आइसोलेसनमा बस्न नपर्ने भएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै इङ्ल्याण्डमा विद्यमान कोरोना भाइरससम्बन्धी करिब सबै नियमहरु बिहीबारदेखि खारेज गर्ने घोषणा गरेका हुन् ।
उनले आजैदेखि शैक्षिक प्रतिष्ठानका कर्मचारीहरु तथा विद्यार्थीहरुलाई साताको दुई पटक कोरोना भाइरस टेष्ट गर्नुपर्ने प्रावधान हटाइएको बताए । यसैगरी विहीबारदेखि कोरोना पोजिटिभ भेटिए पनि आइसोलेसनमा बस्न नपर्ने बताएका छन् तर पोजिटिभ भएमा अन्त कतै नजान र परिवारका सदस्यहरुसित अलग रहन भने सुझाव दिएका छन् ।
यसैगरी कन्ट्याक्ट ट्रेसिङ पनि विहीबारदेखि नै अन्त्य गरिएको छ । यसअघि निम्न आय भएकाहरुलाई आइसोलेसनमा बस्नु परेमा सरकारले दिँदै आएको ५०० पाउण्ड दिने व्यवस्था पनि अब हटाइएको छ ।
सरकारले अप्रिल १ देखि निशुल्क टेष्ट गर्ने सुविधा हटाउने भएको छ । तर जोखिममा रहेकाहरुलाई भने निशुल्क टेष्ट गर्न पाउने व्यवस्था कायम रहने बताइएको छ ।
यस्तै कोभिड पासपोर्टको व्यवस्था पनि अप्रिल १ देखि खारेज गरिने भएको छ ।
सरकारले अब सर्वसाधारणहरुलाई नै कोरोना भाइरसको लक्षण देखिएमा जिम्मेवारी लिन आग्रह गरेको छ ।
सरकारले आज घोषणा गरेको यी प्रावधानहरु बेलायतको संसदमा सम्भवत बुधबार मतदानमा लगिने छ र संसदले पारित गरेपछि बिहीबारबाट कार्यान्वयन गरिने छ ।
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट