लण्डन । इङल्याण्डमा कोरोना संक्रमण भएकाहरुले अब आइसोलेसनमा बस्न नपर्ने भएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै इङ्ल्याण्डमा विद्यमान कोरोना भाइरससम्बन्धी करिब सबै नियमहरु बिहीबारदेखि खारेज गर्ने घोषणा गरेका हुन् ।
उनले आजैदेखि शैक्षिक प्रतिष्ठानका कर्मचारीहरु तथा विद्यार्थीहरुलाई साताको दुई पटक कोरोना भाइरस टेष्ट गर्नुपर्ने प्रावधान हटाइएको बताए । यसैगरी विहीबारदेखि कोरोना पोजिटिभ भेटिए पनि आइसोलेसनमा बस्न नपर्ने बताएका छन् तर पोजिटिभ भएमा अन्त कतै नजान र परिवारका सदस्यहरुसित अलग रहन भने सुझाव दिएका छन् ।
यसैगरी कन्ट्याक्ट ट्रेसिङ पनि विहीबारदेखि नै अन्त्य गरिएको छ । यसअघि निम्न आय भएकाहरुलाई आइसोलेसनमा बस्नु परेमा सरकारले दिँदै आएको ५०० पाउण्ड दिने व्यवस्था पनि अब हटाइएको छ ।
सरकारले अप्रिल १ देखि निशुल्क टेष्ट गर्ने सुविधा हटाउने भएको छ । तर जोखिममा रहेकाहरुलाई भने निशुल्क टेष्ट गर्न पाउने व्यवस्था कायम रहने बताइएको छ ।
यस्तै कोभिड पासपोर्टको व्यवस्था पनि अप्रिल १ देखि खारेज गरिने भएको छ ।
सरकारले अब सर्वसाधारणहरुलाई नै कोरोना भाइरसको लक्षण देखिएमा जिम्मेवारी लिन आग्रह गरेको छ ।
सरकारले आज घोषणा गरेको यी प्रावधानहरु बेलायतको संसदमा सम्भवत बुधबार मतदानमा लगिने छ र संसदले पारित गरेपछि बिहीबारबाट कार्यान्वयन गरिने छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा