किरात राई यायोक्खा बेलायतको अध्यक्षमा चन्द्रबहादुर राई निर्वाचित

लण्डन । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको अध्यक्षमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् ।

शनिबार वोकिङमा सम्मपन्न संस्थाको आठौं महाधिवेशनले राईको अध्यक्षतामा ३५ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिका उपाध्यक्षहरुमा क्याप्टेन सुमनचन्द्र राई, जितेन्द्र साम्पाङ राई, मेजर दिल कुमार राई, निलम राई र अनिता राई, महासचिवमा चन्द्रवती राई, उपमहासचिवमा प्रमिला लाबुङ राई र विनोद राई, सचिवमा रोजी राई, ग‌ंगाराज राई, गणेशचन्द्र राई, जय राई र सुमित्रा राई, कोषाध्यक्षमा धनराज राई र सहकोषाध्यक्षमा सावित्रा राई र डा. महा राई निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरुमा राजेन्द्र राई, ध्यानबहादुर राई, भीम राई, खिलेन्द्र राई, धन राई, मिलनचन्द्र राई, रन्जना राई, डिल्लीकेशर राई, सप्तराज राई, डिल्लीराम राई, मनकुमार राई, सन्देश राई, तिलक राई, प्रेम राई, जय प्रकाश राई (ए), जय प्रकाश राई (बी), प्रदीप राई र दिलिप राई रहेका छन् ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन प्रमुख पदम राई सपथ ग्रहण गराएका थिए ।

किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा आठौं महाधिवेशनको उद्घाटन समारोह कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राईको सभापतित्वमा भएको थियो ।  ८३ वर्षीय लवजीज राई सो समारोहको प्रमुख अतिथि थिए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उपमहासचिव तथा अनुशासन विभाग प्रमुख शुभचन्द्र राई र किरात विधार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्र राई विशेष अतिथि थिए ।

यायोक्खाका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम राईलगायत बेलायतबासी किरात राईहरुको उक्त महाधिवेशनमा बाक्लो उपस्थिति रहेको थियो ।

दिवङ्गत हुनु भएका पितृहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै शुरु भएको खुल्ला सत्रमा उपाध्यक्ष मेजर दिलकुमार राईले स्वास्थ्य एवं सुरक्षा सम्बन्धी जानकारी दिए उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले स्वागत मन्तब्य व्यक्त गरे । शुभकामना मन्तब्य राख्ने क्रममा विशेष अतिथिद्वयले तत्कालीन कार्यसमिति अथवा आवद्ध ब्यक्तिहरुको संस्था तथा समुदाय प्रतिको माया, जवाफदेहिता, इमानदारीता, असल ब्यबहारले आफूहरुलाई आकर्षित र प्रभावित पारेको स्पष्ट पार्दै बेलायतबासी किरात राईहरु मिलेरै अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

महाधिवेशनको बन्द सत्रमा किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको सांगठानिक प्रतिवेदन संस्थाका महासचिव चन्द्रवती राईले प्रस्तुत गरेकी थिइन् भने संस्थाको कोष सम्बन्धमा सहकोषाध्यक्ष डा. महा राईले आयब्यय विवरण प्रस्तुत गरेका थिए । यसैगरी संस्थाको विधान परिमार्जन समितिका संयोजक उपाध्यक्ष जितेन्द्र साम्पाङ राईले परिमार्जित विधान प्रस्तुत गरेका थिए । प्रस्तुत सबै प्रतिवेदनहरु महाधिवेशन प्रतिनिधिहरुबीच छलफल गरी पारित गरिएको थियो ।
त्यसपछि कार्यसमिति विघटन भएको घोषणा गर्दै अध्यक्ष मण्डलका अध्यक्ष नाक्छुङ कितावसेर राई र निर्वाचन समितिका प्रमुख पदम राईलाई नयाँ कार्यसमिति चयनको जिम्मेवारी दिइएको थियो । निर्वाचन समितिमा संस्थाका पूर्व अध्यक्ष पदम राई, युद्धराज राई र रामचन्द्र राई भएको तीन सदस्सीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिमा बहुभाषिक किरात राई जातिको बाह्र भाषिक संस्था अथवा समुदाय (चाम्लिङ, साम्पाङ, बान्तवा, कुलुङ, थुलुङ, दुमि, पुमा, नाछिरिङ, बाहिङ/बायुङ, कोयु/कोयी, मेवाहाङ र लुङ्खिम) को आवद्धता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री