काठमाडौँ। काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । अनुगमनमा काठमाडौँ प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो ।
काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी उनीहरूबाट ८६५ स्थान अक्सोमिटर बरामद भएको र पक्राउ परेका सातै जनालाई कानूनी कारबाही अघि बढेको जनाइएको छ । पछिल्लो समयमा अत्याश्यकवस्तुको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ ।
सो क्रममा प्रहरीले बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गरिरहेको छ भने अक्सिजन सिलिन्डर सङ्कलन अभियानसमेत जारी छ । अस्पतालले समेत चर्काे शुल्क लिने गरेको गुनासो आएकाले अनुगमन भइरहेको प्रशासनले जनाएको छ ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो