काठमाडौँ।नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट छ महीनाका लागि निलम्वन गर्नुभएको छ ।
अध्यक्ष ओलीले उहाँहरु दुवै जनालाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि निलम्वन गर्नुभएको हो । दुवै जनालाई निलम्वन गरिएको पत्र पठाइएको छ । “पार्टीले सोधेको स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटि स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएकाले पार्टी विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (ख) बमोजिम छ महीनाका लागि दशाँै महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी (प्रतिनिधिसभा सदस्य) बाहेक पार्टी सदस्यताबाट निलम्वन गरिएको छ”, पत्रमा भनिएको छ ।
अध्यक्ष ओलीले दुवै जनालाई सच्चिनका लागि अन्तिम मौकासमेत दिनुभएको पत्रमा उल्लेख गरिएको छ । पार्टीले सोधेको स्पष्टीकरण यही चैत १७ गते दुवै नेताले बुझाउनुभएको थियो । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीमबहादुर रावललाई पनि सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि छ महीनाका लागि पार्टीको सदस्यताबाट निलम्वन गरिएको थियो ।
यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै पार्टीका नेता नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोध्नुभएको थियो ।
–––
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ