
लन्डन । लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजिएनएस)ले नेपाली समुदायमा जनगणना जागरूकता सम्बन्धि कार्यक्रम चलाउने भएको छ । आरजिएनएसका उपाध्यक्ष जित रानाभाटको संयोजनमा अघि बढाउन लागिएको उक्त कार्यक्रममा जागरुकतासहित कोरोना संक्रमणबाट पीडितलाई समेत सहयोग गरिने छ ।
बुधबार बसेको भर्चुअल बैठकले उक्त कार्यक्रमका लागि निरीक्षण तथा सल्लाहकार समितिमा संस्थाका अध्यक्ष शर्मिला हिराचन, स्वयंसेवक परिचालन समितिमा जीवन सेन, कोरोना बिरुद्ध खोप सम्बन्धि सल्लाह, सुझाव समितिमा रुद्र गौतम, ब्यवस्थापन समितिमा सुशील प्रजापति र जनगणना तथा जागरूकता समितिमा पुण्य रेग्मीलाई संयोजकको जिम्मा दिईएको छ।
आरजिएनएसले राहत स्वरुप भिटामिन सी, भिटामिन डी, सिटामोल, फेस मास्क, ग्लोव्स जस्ता अति आवश्यक मेडिकल सामानहरु समेत वितरण गर्ने योजना बनाएको छ । नेशनल हेल्थ सर्भिसबाट कोरोना खोपका लागि प्राप्त पत्र सम्बन्धी सल्लाह, सुझाव, बुकिङ्ग गर्नु परेमा सहयोग समेत गर्नेछ । साथै, आरजिएनएसका स्वयंसेवकले कोभिड पीडितलाई आवश्यक पर्ने उपभोग्य समानहरुको खरीद गरि घरमै पुर्याउने काम पनि गर्नेछ ।
बैठकमा संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, पूर्व अध्यक्ष हरिगोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, पुर्व प्रमुख सल्लाहकार एलएन पाण्डे , सल्लाहकार अर्कराज तिम्सिना, सल्लाहकार सुरज मास्के, उपाध्यक्ष लिलादेवी गुरुङ, एनआरएनए युके महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषद अध्यक्ष दिपक श्रेष्ठ, क्याट युके अध्यक्ष जीवन सेन, क्याट युके सल्लाहकार राजन सुबेदी, हंगकंग नेपाली समाजका अध्यक्ष ह्यारी गुरुङ, अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुराल, पासा पुचः गुठी साउथ इस्ट लन्डनका पुर्व अध्यक्ष सुशील प्रजापति, बुद्ध फाउन्डेसन युकेका सचिव सुरेन्द्र रुपाखेती, सल्लाहकार माधवलाल श्रेष्ठ, सल्लाहकार तथा सोसाईटी अफ नेप्लिज प्रोफेसनल युकेका अध्यक्ष माधव पराजुली, पुर्व अध्यक्ष पुण्य रेग्मी , सचिव दिलिप पौडेल, जीगेसाका महासचिव हरिकुमार मल्ल, पशुपति मन्दिर युकेकी सचिव कल्पना त्रिपाठी, सह-कोषाध्यक्ष श्रद्धा थापा, कल्चरल संयोजक अन्जना थापा, कार्यकारी सदस्यहरु अनिता केसी, रुद्र गौतम, खेम शर्मा, दुर्गा पाण्डे लगायतले आगामी कार्यक्रमका बारेमा सुझाब मन्तव्य राखेका थिए ।
अध्यक्ष हिराचनले सहभागीता र अभियानमा सहयोगको प्रतिबद्धता गर्न सबैलाई धन्यवाद दिइन् । उनले महामारीबाट एकअर्कालाई सहयोग गर्न एकजुट हुन अपिल समेत गरिन् ।
विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको छ : मन्त्री घिसिङ
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान