
नेपाल सरकारले कोरोना भाइरसविरुद्वको भ्याक्सिन अभियान आगामी १४ माघबाट गर्ने भएको छ । खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । यद्यपी उनले खोप लगाउने बारेमा केही उल्लेख गरेका छैनन् । बेलायत, अमेरिकालगायतका मुलुकहरुमा राष्ट्र प्रमुख वा सरकार प्रमुखले खोप आफै लगाएर यस्तो कार्य गदै आएका थिए ।
प्रधानमन्त्री ओलीले अभियानको शुभारम्भ १४ माघ बिहान गर्ने छन । खोप अभियान देशभर एकैपटक सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भव नभएका स्थानमा पनि १८ माघभित्रै खोप लगाइनेछ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले आइतबार देशभरका सबै सात प्रदेशमा खोप पुऱ्याइ सक्ने जानकारी दिएको छ । प्रारम्भिमा फ्रन्टलाइनरमा रहेर काम गर्ने व्यक्तिहरूलाई खोप दिने नेपाल सरकारी योजना छ । यसका लागि भारत सरकारले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको छ ।
अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा