एनआरएनए नेपालको राजनीतिबाट बिभाजित हुन जरुरी छैन : परराष्ट्र मन्त्री

Minister Gyawali

लण्डन । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपाली राजनीतिलाई लिएर गैरआवासीय नेपालीहरुलाई बिभाजित नहुन आग्रह गरेका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रीय महाधिवेशनको शनिबार भर्चुअल उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सामाजिक संस्थालाई राजनीतिबाट टाढा राख्न अनुरोध गरेका हुन् । उनले नेपाल बाहिर जाँदा यहाँका बिभाजन र नराम्रा कुराहरु भन्दा राम्रा कुराहरु लिएर जान सुझाए । ‘गैरआवासीय नेपालीहरु विच देखिएको विवादमा सहमति जुटाएर अघि बढनु भएकोमा धन्यवाद छ,’ परराष्ट्र मन्त्रालयमा परेको उजुरीका बारेमा संकेत गर्दै उनले भने ।

संघको नवौं महाधिवेशनमा असफल भएका आर्थिक र सांगठानिक प्रतिवेदनसहित विधान संशोधन प्रस्ताव पारित गर्ने सुरु भएको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले गैरआवासीय नेपालसँग चार अपेक्षा पनि राखेका छन । ‘तपाई जुन देशमा बस्नु भएको छ, त्यो ठाउँमा नेपालको इमेज प्रमोसन गर्न, नेपाली भाषा, सस्कृति र पराम्परागत नेपालीपन जोगाउन, विदेशमा सिकेका ज्ञान, क्षमता र दक्षता नेपालको विकासमा लगाई नेपालमा लगानी भित्र्याउन भुमिका खेल्न तथा नेपालको संकटमा जारी सहयोगलाई निरन्तर गर्नुहोस,’ परराष्ट्र मन्त्रीले भने ।
महामारीको संकटमा एनआरएनएले खेलेको भुमिकाको प्रसंसा गर्दै उनले नेपालको विकासमा सहयात्रीको भुमिका निर्वाह गर्न अनुरोध गरे । ‘संगठनको औचित्य संकटमै परिक्षा हुने हो, त्यो महामारीको बेला एनआरएनए खरो उत्रिएको छ’, परराष्ट्र मन्त्रीले भने, डायस्पोरामा संस्थाका रुपमा नेपाल सरकारले तय गरेको मुख्य २० नीति मध्येका नयाँ परराष्ट्र नीतिमा समेटिएको छ । उनकाअनुसार गैरआवासी नेपालीहरुले उठाएका बिषयहरु संसद बिघटनका कारण केही ढिलो कानुन ल्याइने आश्वासन दिए ।
परराष्ट्र मन्त्री ज्ञवालीले  संकट बिघटनले गणतन्त्र र लोकतन्त्रको जग नभत्कने दावी गरे । उनले जनताबाट प्राप्त विश्वास जनतामै फर्काउने गरि निर्वाचनमा जान लागेको बताए ।
एनआरएनए संरक्षक तथा पुर्वअध्यक्ष शेष घलेले संस्थाले हालसम्म प्राप्त भएका उपलव्धी संरक्षण गर्न र भत्काउन बाटोमा नजान आग्रह गरे । उनले युवा, महिला, नयाँ पुस्तालगायतलाई समेटेर एनआरएनएलाई विश्वस्तरीय संगठनका रुपमा विकास गर्न आग्रह गरेका थिए ।
पुर्व अध्यक्ष देवमान हिराचनले आकस्मिक काम बाहेक विधान संशोधन काम भर्चुअल रुपमा नगर्न अनुरोध गरे । उनले भिजन २०२० स्वीकृत भएर पनि कार्यान्वयन नगरेकोमा आश्चर्य प्रकट गरे । अर्का पुर्व अध्यक्ष जीवा लामिछानेले विधान संशोधन सहमतिबाट गरिएकोमा सवैलाई धन्यवाद दिए । उनले एनआरएनए विगतमा भएका निर्णयको समिक्षा गर्न पनि अनुरोध गरे ।
पुर्व अध्यक्ष भवन भट्टले आफु बसेका मुलुकबाट सिकेर एनआरएनएलाई संस्थागत रुपमा कार्यक्रम अघि बढाउन आग्रह गरे ।
संरक्षक रामप्रताप थापाले नागरिकता निरन्तरताका लागि अझै दवावमुलुक काम गर्नु पर्ने सुझाब दिए । उपाध्यक्ष डा. बद्री केसीले महामारीमा ज्यान गुमाउनेहरुलाई सरकारले शहीद मान्नु पर्ने माग गरे । उनले कोरोनाबाट बचाउन एनआरएनए साथीहरुले गरेका भुमिकाको उच्च प्रसंसा गरे । उद्घाटन सत्रमा सल्लाहकार आचार्यले नो भोटिङ मार्फत संस्थालाई सहमतिमा अघि बढाउन आग्रह गरेका छन । उनले संस्था भित्र उठने असन्तुष्टीहरुका बारेमा बृहत छलफल गर्न नेतृत्व समक्ष अनुरोध समेत गरे । उपाध्यक्षद्वय अर्जुच श्रेष्ठ र सोनाम लामा, सल्लाहकार टिवि कार्कीलगायतले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संघ अध्यक्ष कुमार पन्तको अध्यक्षमा संचालन भएको महाधिवेशनको पहिलो सत्रमा उपाध्यक्ष रवीना थापाले स्वागत मन्तव्य दिएकी थिइन । अध्यक्ष पन्तले एनआरएनएले करीव डेढ लाखको उद्दार गरेको जानकारी दिए । उनले पाँच हजार एनआरएनएलाई घरघर पुर्याउन काम गरेको जनाए । साथै, महामारीमा सहयोग अहिले पनि जारी रहेको बताए । उनले केही बिकृति भित्रिन खोजिएकाले विधान संशोधन गर्न लागेको जनाए । प्रविधिको उपयोग गर्दै अघि संघ अध्यक्ष पन्तले भर्चुअल महाधिवेशन भावि दिनका लागि ट्रायल महाधिवेशन हुने जानकारी दिए । उनले महाधिवेशमा उपस्थित सवैलाई धन्यवाद दिदै पहिलो सत्रको अन्त्य गरेका थिए।

आर्थिक र सांगठानिक प्रतिवेदन पारित गर्न विधानअनुसार बोलाइएको महाधिवेशनलमा सहमतिमै विधान संशोधन प्रस्ताव पनि पारित गरि आइतबार महाधिवेशन सकिने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री