लण्डन । नेपाल सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार फेला परेपछि बेलायतबाट नेपाल जान लगाएकाे प्रतिबन्धमा केही खुकुलो बनाएको छ ।
अध्यागमन विभागद्वारा प्रेषित सूचना अनुसार अब बेलायतमा रहेका नेपाली वा नेपाली मूलका मानिसहरुले नेपालमा आफन्तको अन्तिम सँस्कार वा उपचारका लागि नेपाल जान पाउने छन् । तर उनीहरुले यसरी जानु पूर्व बेलायतस्थित नेपाल दुताबासबाट पत्र लिनुपर्नेछ ।
अन्यको हकमा भने नेपाल यात्रामा प्रतिबन्ध जारी नै छ ।
यसैगरी सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा दिन पनि शुरु गरेको छ । कोरोना भाइरसको महामारी फैलिएपछि सो सेवा बन्द गरिएको थियो । सरकारले हालमा कुटनीतिक राहदानीबाहक, संयुक्त राष्ट्र संघ वा अन्य अन्तर्राष्ट्रिय नियोगमा कार्यरत कर्मचारी, राहदानीमा जन्मस्थल नेपाल लेखिएका विदेशीहरु वा गैरआवासीय परिचय पत्रबाहक वा उनीहरुको परिवारलाई मात्र अनअराइभल भिसा दिइने छ ।यसबाहेक अरुको हकमा भने विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट भिसा प्राप्त गरेको वा नेपाल सरकारका अधिकारीहरुले अनअराइभल भिसा दिनु भनी पत्राचार गरिएको हुनुपर्नेछ ।
सरकारले स्थलमार्गबाट नेपाल भित्रिन भने अहिले पनि बन्देज कायमै राखेको छ । सरकारद्वारा पहिल्यै अनुमति पाएकाबाहेक अरुले स्थलमार्गबाट नेपाल प्रवेश पाउने छैनन् ।
नेपाल आउने सबै यात्रुले यात्रा गर्नुभन्दा ७२ घण्टा पहिले कोभिड टेष्ट गरी त्यसको नतीजा नेगेटिभ भएको कागजात देखाउनु पर्नेछ तर ५ वर्षमुनीका बालबालिकाको हकमा भने यो प्रावधान लागू हुने छैन।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा