लण्डन । पर्वतारोहणमा ख्याति कमाएका कीर्तिमानी आरोही निर्मल पुर्जाले शरद ऋतुमा केटु हिमालको आरोहण गरी अर्को कीर्तिमान बनाएका छन् ।
उनको टोलीले शनिबार साँझ स्थानीय समयअनुसार ५ बजे सो शिखरको सफलतापूर्वक आरोहण गरेका थिए ।
उनीसहित सो टोलीमा मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका थिए ।
पाकिस्तानमा रहेको सो हिमाल हालसम्म कसैले शरद ऋतुमा आरोहण गर्न सकेको थिएन ।
आरोहणपछि सामाजिक संजालमा असम्भवलाई सम्भव बनाइएको प्रतिक्रिया दिएका छन् । आरोहण दलमा सबै सदस्य नेपाली रहेका छन् ।
आठ हजार मिटरभन्दा माथिका सबै शिखरहरु शरद याममा आरोहण गरिएको भए पनि केटु मात्र आरोहण हुन सकेको थिएन ।
म्याग्दीमा जन्मिएका निर्मल पुर्जा पूर्व गोरखा सैनिक हुन् । उनी गोरखा सैन्यपछि बेलायतको विशेष सेनामा काम गरेका थिए । त्यसपछि पर्वतारोहणमा लाग्न उनले बेलायती सेनाको सो आकर्षक करियर नै त्यागेका थिए ।
उनले यसअघि आठ हजार मिटर अग्ला सबै हिमाल छ महिना छ दिनमा आरोहण गरेर विश्व रेकर्ड कायम गरिसकेका छन् । यसबाहेक पनि उनको पर्वतारोहणमा धेरै विश्व रेकर्ड छन् ।
पर्वतारोहणमा उनको विशेष दक्षताका कारण एसिएन अल्पाइन एसोसिएसनले उनलाई शेर्पा अफ द इयर उपाधिले समेत सम्मान गरिसकेको छ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन