लण्डन । पर्वतारोहणमा ख्याति कमाएका कीर्तिमानी आरोही निर्मल पुर्जाले शरद ऋतुमा केटु हिमालको आरोहण गरी अर्को कीर्तिमान बनाएका छन् ।
उनको टोलीले शनिबार साँझ स्थानीय समयअनुसार ५ बजे सो शिखरको सफलतापूर्वक आरोहण गरेका थिए ।
उनीसहित सो टोलीमा मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका थिए ।
पाकिस्तानमा रहेको सो हिमाल हालसम्म कसैले शरद ऋतुमा आरोहण गर्न सकेको थिएन ।
आरोहणपछि सामाजिक संजालमा असम्भवलाई सम्भव बनाइएको प्रतिक्रिया दिएका छन् । आरोहण दलमा सबै सदस्य नेपाली रहेका छन् ।
आठ हजार मिटरभन्दा माथिका सबै शिखरहरु शरद याममा आरोहण गरिएको भए पनि केटु मात्र आरोहण हुन सकेको थिएन ।
म्याग्दीमा जन्मिएका निर्मल पुर्जा पूर्व गोरखा सैनिक हुन् । उनी गोरखा सैन्यपछि बेलायतको विशेष सेनामा काम गरेका थिए । त्यसपछि पर्वतारोहणमा लाग्न उनले बेलायती सेनाको सो आकर्षक करियर नै त्यागेका थिए ।
उनले यसअघि आठ हजार मिटर अग्ला सबै हिमाल छ महिना छ दिनमा आरोहण गरेर विश्व रेकर्ड कायम गरिसकेका छन् । यसबाहेक पनि उनको पर्वतारोहणमा धेरै विश्व रेकर्ड छन् ।
पर्वतारोहणमा उनको विशेष दक्षताका कारण एसिएन अल्पाइन एसोसिएसनले उनलाई शेर्पा अफ द इयर उपाधिले समेत सम्मान गरिसकेको छ ।
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट