लन्डन । बेलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो ।
बेलायती तथ्याँक कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा देशको कूल गार्हस्थ्य उत्पादनमा व्यापक गिरावट आएर अघिल्लो महिनाको भन्दा ०.६ प्रतिशतले कमी आएको जनाइएको छ ।
प्राप्त विवरण अनुसार बेलायती अर्थतन्त्रको आकार गत वर्ष सन् २०२० को फेब्रुअरीको तुलनामा ८.५ प्रतिशतले सानो भएको छ ।
कार्यालयले लगातार ६ महिनादेखि सामान्य वृद्धि देखिए पनि नोभेम्बर २०२० मा कूल गार्हस्थ्य उत्पादन २.६ प्रतिशतले घटेको जनाएको छ । नोभेम्बर महिनामा संयुक्त अधिराज्यका सबै चार देश –– बेलायत, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्ड –– मा लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएका थिए ।
बेलायतले अघिल्लो वर्ष मार्चदेखि जुनसम्म लगाएझैं यसै महिना (जनवरी) को शुरुमा पनि कडा लकडाउन घोषणा गरेको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार