लण्डन । नेपाल नर्सेज एसोसिएसन युकेले नेपालका तीन वटा अस्पतालमा एक/एक वटा भेन्टिलेटर सहयोग गरेको छ ।
एसोसिएसनका अनुसार नारायणी अस्पताल वीरगन्ज, कोशी अस्पताल विराटनगर र लुम्बिनी अस्पताल बुटवलमा एक/एक थान भेन्टिलेटर हस्तान्तरण गरिएको हो ।
एसोसिएसनले बेलायतमा सहयोग संकलन गरी ती भेन्टिलेटरहरु प्रदान गरेको हो ।
शुरुमा दुईवटा अस्पतालमा श्वासप्रश्वास सम्बन्धी केही उपकरणहरु सहयोग गर्ने उद्देश्य राखिए पनि सहयोग संकलन प्रभावकारी बन्दै गएपछि एसोसिएसनले भेन्टिलेटर नै प्रदान गरेको हो ।
भेन्टिलेटर कसरी चलाउने भन्ने बारेमा अस्पतालका कर्मचारीहरुलाई इन्जिनियरहरुले तालिम दिइसकेको उल्लेख गर्दै एसोसिएनले कोभिड १९ का बिरामीहरुको उपचारमा भेन्टिलेटरले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिएको छ ।
भेन्टिलेटर खरिदमा १० हजार १४७ पाउण्ड २३ पेन्स लागेको थियो जसमध्ये ६ हजार ३८० पाउण्ड ८२ पेन्स सहयोग उठेको थियो भने बाँकी रकम संस्थाको कोषबाट बेहोरिएको थियो ।
एसोसिएसनले सम्पूर्ण सहयोगदाताहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?