काठमाडौँ। साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा विजय सुब्बा निर्वाचित हुनुभएको छ ।
साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित विजयी हुनुभएको र उहाँका प्रतिस्पर्धी डा जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जानकारी दिनुभयो । यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो । डा सुब्बा र डा कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुनुहुन्छ । भाषा–साहित्यका क्षेत्रमा ऐतिहासिक सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।
सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा पटकपटक सांसद बनिसकेका डा सुब्बाले हरेक हिसाबले ध्वस्त प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने चुनौतीपूर्ण काममा आफू इमानदार भएर लाग्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण अग्रज स्रष्टा र मतदाताबाट प्राप्त सद्भावप्रति श्रद्धाभाव व्यक्त गर्नुभयो ।
कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो । प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेका संयोजकत्वमा समिति गठन भएको थियो ।
साधारणसभाको गणपूरक सङ्ख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराइएको जनाइएको छ । शनिबार भर्चुअलरुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ । संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एकएक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ