प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएका कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएको छ । नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङबुहाङको नेतृत्वमा गएको टोलीले अविश्वास प्रस्ताव दर्ता गरेको हो । यो नेकपाको ६७ सदस्यको बहुमत सदस्य हुन आउँछ ।
संसद सचिवालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेसँगै अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी छन् ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपा १ सदस्य छन् ।
संसद सचिवालयमा प्रस्ताव दर्ता गरेपछि प्रदेशसभाका सभामुख प्रदीप भण्डारीलाई समेत बुझाइएको थियो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा