काठमाडौँ । नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले यही पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिका आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न यही पुस ७ देखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० गते अपराह्न १ बजे पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकमा आज उपसभापति विमलेन्द्र निधि तथा केन्द्रीय सदस्य प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले आआफ्नो धारणा राख्नुभएको थियो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा