
sf7df8f}F, ( k’;M
g]skf bfxfn g]kfn ;d”xsf] s]Gb|Lo ;ldlt a}7s
g]kfn sDo’lgi6 kf6L{-g]skf_ bfxfn g]kfn ;d”xsf] laxLaf/ sf7df8f}Fsf] aa/dxndf a;]sf] s]Gb|Lo ;ldltsf] a}7s . a}7sdf cWoIf k’iksdn bfxfn
k|r08Ú / dfwjs’df/ g]kfn, jl/i7 g]tf emngfy vgfn, gf/fo0fsfhL >]i7nufot . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको हो ।
पार्टी सङ्गठन सुदृढीकरण र सङ्घर्षको पहिलो चरणको कार्यक्रमअन्तर्गत यही पुस १० गते पार्टी केन्द्रीय कमिटीका सदस्य र पार्टीका सांसद–पूर्वसांसदको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो । समसामयिक राजनीतिक परिस्थितिका विषयमा पार्टी अध्यक्षद्वयबाट शुक्रबार नै पत्रकारसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ । बैठकले पुस ११ गते प्रदेश कार्यालयको संयोजनमा विभिन्न कार्यक्रम र सात दिनभित्र प्रदेश कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैगरी पुस १२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरिनेछ । “उक्त कार्यकर्ता भेलामा एकीकृत पार्टीलाई कसरी सशक्तरुपमा अगाडि बढाउने, पार्टी एकताविरुद्ध भएका षड्यन्त्र र भ्रमलाई कसरी चिर्ने, प्रतिनिधिसभा विघटनविरुद्ध कसरी सङ्घर्ष अगाडि बढाउने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिनेछ”, उहाँले भन्नुभयो ।
राजधानीका साथै सबै जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध पुस १४ गते विरोध प्रदर्शनको कार्यक्रम सञ्चालन गर्ने तथा पुस २० गतेसम्म सबै गाउँपालिका र नगरपालिका र पुस २५ गतेसम्म वडास्तरमा पार्टी बैठक र भेला आयोजना गरिने निर्णय भएको जनाइएको छ । सबै जनवर्गीय तथा मोर्चा सङ्गठनको केन्द्रीय बैठक र आवश्यकताअनुसार भेला पुस १४ गतेसम्म आयोजना गरिने बताइएको छ । बैठकले विरोध कार्यक्रमलाई स्थानीयरुपमा पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले सङ्घर्षको कार्यक्रमलाई व्यवस्थित ढङ्गले परिचालन गर्न प्रवक्ता श्रेष्ठको संयोजकत्वमा दुुई हजार ५०१ सदस्यीय केन्द्रीय सङ्घर्ष समितिको गठन गरिएको छ । पहिलो चरणको सङ्घर्षको कार्यक्रमपछि अझ सशक्त र प्रभावकारी रुपमा उच्चस्तरको कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । बैठकले सम्बन्धित प्रदेशसँग सम्बन्धित स्थायी कमिटी सदस्य र प्रदेश कमिटीका पदाधिकारीलाई तत्कालै पार्टी र सङ्घर्षको कार्यक्रममा जुट्न आआफ्नो कार्यक्षेत्रमा जान निर्देशन दिएको छ ।
पार्टीलाई नमूना बनाउँछौँ : अध्यक्ष नेपाल
बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टीविरुद्ध भइरहेका सबै प्रकारको षड्यन्त्र असफल पारेर एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । “कम्युनिष्ट पार्टी क्रान्तिकारी उद्देश्यप्रति समर्पित हुँदै विधि, पद्धतिअनुसार चल्छ भन्ने विषयलाई नमूनायोग्य ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ”, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नुुभयो ।
अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनलाई जनताको ठूलो सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कदमका रुपमा अथ्र्याउनुुभएको श्रेष्ठले जानकारी दिनुुभयो । अध्यक्ष दाहालले ऐतिहासिक परिवर्तन, संविधान, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्दै समृद्ध नेपाल बनाएर समाजवादको दिशातर्फ अगाडि बढाउन थप सङ्घर्ष गर्न तयार हुनुुपर्नेमा जोड दिनुुभएको थियो ।
पार्टी एकता विरोधी षड्यन्त्रलाई सफल हुन नदिने, एकतालाई सुदृढ गर्ने, विघटन भइसकेका पूर्वपार्टी ब्युँताउने षड्यन्त्रलाई असफल पारेर नेकपालाई एकीकृत, क्रान्तिकारी र सशक्त पार्टीका रुपमा विकास गर्न ऊर्जाशील भएर काम गर्न सबै नेताकार्यकर्तालाई उहाँले निर्देशन दिनुुभएको थियो ।
महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई
बैठकपछि प्रवक्ता श्रेष्ठले छिट्टै पार्टी महासचिवको टुुङ्गो लाग्ने बताउनुुभयो । बैठकले महासचिव चयनको जिम्मा स्थायी कमिटीलाई दिएको जनाइएको छ ।
महासचिव चयनका विषयमा बाहिर सार्वजनिक भएजस्तो कुनै विवाद नरहेको जिकिर गर्दै उहाँले भन्नुुभयो, “हाम्रो पार्टीमा अहिले त्यसप्रकारको विवादसहितको दाबी आएको छैन । विवादका कारण महासचिव चयनमा ढिला भएको सत्य होइन ।” स्थायी कमिटीको सर्वसम्मतिबाट महासचिव चयन गरिने उहाँले बताउनुुभयो ।
नेपालमा एक/दुई हप्तामै राहदानी सेवा सरल हुने
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता