काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् ।
कांग्रेसको निमन्त्रणमा उसकै केन्द्रीय कार्यालय सानेपामा आज बसेको तीन दलका शीर्ष नेताको बैठकले प्रतिनिधिसभा विघटनको विरोध गर्न सहमत भएको जनाएका छन् ।
बैठकले तीनै दलले आगामी कार्यक्रम तय गर्न आआफ्ना पार्टीका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाल, वर्षामान पुन र कृष्णभक्त पोखरेल एवं जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जीतेन्द्र सोनालको सहभागिता थियो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा