काठमाडौँ । हिमालय उद्धार सङ्घ (एचआरए) को अध्यक्षमा पर्यटन व्यवसायी हरिप्रसाद धरेल निर्वाचित हुनुभएको छ ।
शुक्रबार काठमाडौँमा सम्पन्न एचआरएको निर्वाचनमा अध्यक्ष धरेलसहित ११ पदाधिकारी तथा सदस्य निर्वाचित भएका हुन् ।
अध्यक्षबाहेक बाँकी सम्पूर्ण पद निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षमा हरिप्रसाद धरेल २४ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी वसन्तबहादुर हमालले जम्मा सात मत प्राप्त गर्नुभएको थियो ।
निर्विरोध निर्वाचित हुनेमा क्रमशः उपाध्यक्ष कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री, कोषाध्यक्षमा सुशील अधिकारी तथा सदस्यमा विक्रम न्यौपाने, डिबी कोइराला, डम्बर पराजुली, सदस्यमा पृथ्वी श्रेष्ठ, परशुराम कार्की तथा सहयोगी सदस्यमा गोविन्द घिमिरे र यादव अधिकारी रहनुभएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा