काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबार दिउँसो बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गर्नुहुनेछ ।
अध्यक्षद्वयको साझा प्रस्ताव तयार हुन नसकेपछि दुवै अध्यक्षबाट फरक फरक प्रस्ताव पेश हुने र त्यसमाथि गम्भीर छलफल हुने कार्यसुचि छ ।
गत कात्तिक २८ गतेदेखि शुरुभएको सचिवालय बैठक मंसिर २० गते सम्पन्न भएपनि त्यसमा दुई अध्यक्षबीचको प्रस्तावमा सहमति बन्न सकेन । दुवै प्रस्ताव आज स्थायी कमिटी बैठकमा प्रस्तुत हुने बताइएको छ । बैठकमा दुवै अध्यक्षले प्रस्ताव प्रस्तुत गर्नुभएपछि अध्ययनका लागि स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिनेछ । प्रस्ताव प्रस्तुत भएपछि केही समय अध्ययनका लागि बैठक स्थगित हुने नेकपाका नेताहरुको बुझाई छ ।
स्थायी कमिटी बैठक स्थगित भएको बेलामा दुई अध्यक्षबीच सहमतिको प्रयास हुने बताइएको छ । स्थायी कमिटी बैठकमा छलफल पछि समाधानको पहल लिइने नभएमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल गरी समाधानको पहल गरिने नेताहरुको भनाई छ । केन्द्रिय कमिटीको बैठक २५ गतेका लागि तय गरिएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा