लण्डन । सोसाइटी अफ् नेप्लिज इन्जिनियर्स इन युके (सोने युके)ले युवा गोष्ठी श्रृंखलाको पहिलो अध्यायको रूपमा ‘पेशागत सहयोग’ शीर्षकमा अनलाइन गोष्ठी सम्पन्न गरेको छ।
बिहीबार अनलाइनमा भएको सो गोष्ठीमा इन्जिनियरिङ पेशाका विभिन्न क्षेत्र सिभिल, आइटी, इलेक्ट्रिकल, मेकानिकल, एरोस्पेस लगायतका विभिन्न क्षेत्रका इन्जिनियरहरुको कार्यक्रममा प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रमको शुरूवातमा संस्थाका महासचिव डा विदुर घिमिरेले सहभागीहरूलाई कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्दै सो कार्यक्रम मुख्यरुपमा युवा इन्जिनियरहरुमा केन्द्रित रहेको बताए। डा घिमिरेले सन्चालन गरेको कार्यक्रममा तीन घन्टासम्म रिक्रयुटर र विशेषज्ञहरुद्वारा युवा इन्जिनियरहरुलाई व्यवसायिक परामर्शस दिइएको थियो।
संस्थाका उपाध्यक्ष नारद भण्डारीले स्वागत मन्तव्य दिँदै युवा सहभागीहरुलाई इन्जिनियरिङ पेशामा प्रगति गर्नका लागि कार्यक्रमको सक्दो फाइदा उठाउन प्रोत्साहन दिनुभयो ।
कार्यक्रमको पहिलोचरणमा सिभिल इन्जिनियरिङका बारेमा थियो जसमा वरिष्ठ इन्जिनियरहरु राजेश पाठक, गणेश थापा र लक्ष्मण घिमिरेले सहभागी युवा इन्जिनियरहरुमा प्रस्तुति दिँदै उनीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
कार्यक्रमको दोस्रोचरणमा आइटी / कम्प्युटर इन्जिनियरिङका बारेमा थियो । जसमा वरिष्ठ रिक्रुटर म्याथ्यु एल्सटर र वरिष्ठ इन्जिनियरहरु राजन लामिछाने र आरसी अधिकारीले युवा इन्जिनियरहरुका लागि उपयोगी सामाग्रीहरुको प्रस्तुति गर्दै सहभागीहरूको प्रश्नको उत्तर दिनुभयो।
तेस्रोचरण इलेक्ट्रिकल इन्जिनियरिङका बारेमा रहेको थियो । जसमा वरिष्ठ इन्जिनियरहरु श्रीमती युक्ति गुरूङ र डा रोशन भट्टराईले युवा इन्जिनियरहरुका लागि उपयोगी सामग्रीहरूको प्रस्तुति दिँदै प्रश्नको उत्तर दिनुभयो।
तीनै चरणको प्रश्नोत्तर खण्डको संचालन युवा परिचालन सहसमितिका संयोजक मोहम्मद जियाउल हक अन्सारी र सदस्यहरु मेघा पौडेल र प्रियंका रेग्मीले गर्नुभएको थियो। संस्थाका सदस्य अक्षय चापागााँईले युवा इन्जिनियरका रूपमा बेलायतमा आफ्नो अनुभवका बारेमा प्रस्तुति
दिनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष संयुक्त श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी