काठमाडौँ, २१ वैशाख–नेपालमा एकै दिन थप १० व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १० जनामा कोभिड–१९ का सङ्क्रमित पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सामा एक र बाँकेको नेपालगञ्जमा नौजनामा कोभिड सङ्क्रमण देखिएको बताउनुभयो । नेपालगञ्जमा भेटिएका कोभिड सङ्क्रमितमध्ये पाँच पुरुष र चार महिला रहेका छन् । उनीहरुमध्ये सात वर्षदेखि ५८ वर्ष उमेरका छन् ।
पर्साका ३६ वर्षीय पुरुषमा कोभिड सङ्क्रमण देखिएको छ । उनलाई रुपन्देही अस्पतालमा उपचारका लागि लगिएको छ भने बाँकी नौ जनालाई नेपालगञ्जस्थित कोरोना अस्पतालमा ल्याउने क्रममा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।
योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ । सङ्क्रितमध्ये हालसम्म १६ जना उपचारपछि स्वस्थ्य भएर घर फर्किसकेका छन् । बाँकी सङ्क्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
६३ हजारको स्वास्थ्य परीक्षण
सरकारले ६३ हजारभन्दा बढी सम्भावित कोभिड–१९ का सङ्क्रमितको स्वास्थ्य परीक्षण गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४६७ को परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार प्रदेश नं १ मा पाँच हजार ४९९, प्रदेश नं २ मा पाँच हजार ७०९, वाग्मती प्रदेशमा आठ हजार ५१५, गण्डकी प्रदेशमा पाँच हजार ८३४, प्रदेश नं ५ मा चार हजार ४९२, कर्णाली प्रदेशमा पाँच हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ आरडिटी परीक्षण गरिएको छ । हाल काठमाडौँमा चार र उपत्यकाबाहिर ७३ गरी ७७ शङ्कास्पद व्यक्तिलाई आइसोलेशनमा राखेर निगरानी भइरहेको छ ।
आज मुलुकभर २१ हजार ९५१ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० हजार ६६७ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ६१८, प्रदेश नं २ मा एक हजार ३३७, वाग्मती प्रदेशमा ४४०, गण्डकी प्रदेशमा ६२६, कर्णाली प्रदेशमा तीन हजार ७८ व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।
मन्त्रालयले कल सेन्टरमा एक हजार ११९ कलको सम्बोधन गरिएको जनाएको छ । अहिले स्वमूल्याङ्कन विवरण बुझाउनेको सङ्ख्या २९ हजार ९८४ पुगेको छ । हाल ३२१ जना रेड जोनमा रहेका र उनीहरूलाई ट्रेसिङ गर्ने कार्य जारी छ । कोभिड नियन्त्रणमा सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्रालयले आगामी दिनमा पनि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
यसैबीच, सेभ द चिल्ड्रेन र रोटरी क्लब महाबौद्धले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । यीमध्ये सेभ द चिल्ड्रेनले पिपिई एक हजार ७४३ र रोटरी क्लबले ५० थान पिपिई हस्तान्तरण गरेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]