
काठमाडौं । दशरथ रङ्शालामा एक भव्य समारोहबीच बुधबार (१ जनवरी) नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो भ्रमण वर्ष शुभारम्भ गरेकी हुन् ।
सो समारोहमा प्रमुख वक्त्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लैजानु पर्नेमा जोड दिइन् । राष्ट्रपतिले नेपालमा संसारका उत्कृष्ट गन्तव्य सर्वोच्च शिखर सगरमाथा, भगवान बुद्ध जन्मस्थल लुम्बिनी, अन्नपूर्ण, चितवन लगायत थुप्रै गन्तव्य रहेको बताइन् ।
उनले प्रकृतिलाई बिगारेर होइन, सिंगारेर पर्यटन विकास बढाउनुपर्नेमा समेत जोड दिइन् । ‘हाम्रो देश सांस्कृतिक, प्राकृतिक हरेक हिसाबले विविधता युक्त भएकाले सबै खालका पर्यटकहरुलाई हामी आकर्षित गर्ने क्षमता राख्दछौं’- उनले भनिन्,’यस सन्दर्भमा भ्रमण वर्ष २०२० को लक्ष्य हाँसिल गर्ने काम पनि गर्न सक्नुपर्छ ।’
सो अवसरमा मन्तव्य व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले नयां वर्षमा नयां आशा र उत्साहका साथ नेपाल भ्रमण वर्ष २०२० शुरुवात गरिएको बताए । उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने बाटोमा नेपाल भ्रमण वर्ष महत्वपूर्ण हुने पनि बताए । उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे ।

काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० का शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै संस्कृत गुरुकूलका विद्यार्थी । तस्वीर- प्रदीपराज वन्त, रासस
सन् १९५१ देखि विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको जानकारी दिंदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताए । सो अवसरमा मन्त्री भट्टराइले एकताको ज्योति हस्तान्तरण गरेका थिए ।
सो अवसरमा नेपाल भ्रमण वर्ष २०२० को स्टिकर र मास्कट पनि सार्वजनिक गरिएको थियो ।
समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, मन्त्रीहरु, संबैधानिक आयोग प्रमुखहरु, विभिन्न देशका पर्यटन मन्त्रीहरु, राजदूतहरु, सांसद्, तथा पर्यटन व्यवसायीहरुको उल्लेखनीय उपस्थिति थियो ।
करिब पांच घण्टासम्म सञ्चालन भएको उद्घाटन समारोह नेपालको संस्कृति झल्कने नाचगानबाट शुरु भएको थियो । समारोहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले राष्ट्रगान बजाएका थिए । कार्यक्रममा नेपालको मौलिक संस्कृति झल्कने नाचगान साथै आतिसबाजी समेत गरिएको थियो ।
राजधानीसंगै सातै प्रदेशमा पनि भ्रमण वर्षलाई विभिन्न कार्यक्रम गरि स्वागत गरिएको छ ।
सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानका रुपमा अगाडि बढाउने आधार वर्षका रुपमा २०२० लाई लिएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने