
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मंगलबारदेखि काठमाडौंमा विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशन सुरु भएसँगै अध्यक्षका दुई प्रत्यासी तीव्र प्रचारमा जुटेका छन् । संघको आगामी कार्यकाल २०१९–२०२१ का लागि वर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्त प्रतिस्पर्धामा उत्रिएका छन् ।
संघको आगामी नेतृत्व छान्न विश्वका झण्डै ८१ देशबाट प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । जसमध्ये अधिकांश प्रतिनिधिहरु कुल आचार्यको पक्षमा देखिएका छन् । नयाँ नेतृत्व चुन्न आइपुगेका २५ सय भन्दा बढी प्रतिनिधिमध्ये अधिकांश आचार्यको पक्षमा देखिएका हुन् । आचार्यको पक्षमा व्यानर, प्लेकार्डसहित उनको चुनावी गीत बजाउँदै समर्थकहरुले हायात होटल परिक्रमा गरेका थिए । समर्थकले ‘कुल आचार्य हाइहाइ’ भन्दै चुनावी गीतमा नाचगान समेत गरे ।
अमेरिका, जापान, अष्ट्रेलिया, बेलायत, मध्यपूर्व र युरोपका अधिकांश देशहरुमा आचार्यको बाहुल्यता बढि देखिएको छ । ‘संघमा रहँदै आएको सिन्डिकेट तोड्न पनि यसपाली आचार्यलाई चयन गर्नुपर्ने बाध्यता छ,’ जर्मनीबाट विश्व सम्मेलनमा भाग लिन आएका एक प्रतिनिधिले भने ‘एनआरएनए व्यापारीको मात्रै नभई सामान्य मान्छे पनि नेतृत्व लिन सक्छ भन्ने सन्देश दिन पनि नेतृत्व चयनमा फरक ढंगले सोच्नु आवश्यक छ ।’
बिहीबारसम्म चल्ने सम्मेलनमा अध्यक्षमा आचार्य र पन्तसँगै महासचिवमा जानकी गुरुङ र हेमराज शर्माको प्रतिस्पर्धा छ ।
आचार्यलाई पूर्व अध्यक्षहरु शेष घले, देवमान हिराचन र भवन भट्टको समर्थन छ भने पन्तको पक्षमा जिवा लामिछाने प्रचारमै हिँडेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा