लण्डन- ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहले अर्को जनमत सङ्ग्रह माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।
ब्रेक्जिट विरोधी प्रदर्शनमा करिब दश लाख सहभागी भएको बेलायती अखबारहरुले जनाएका छन्।
प्रदर्शनकारीले ईयू छाड्नुअघि जनतालाई अन्तिम पटक आफ्नो मत जाहेर गर्न अवसर दिन माग गरेका छन् । गत अक्टोबरमा भएको यस्तै खालको प्रदर्शनमा करिब ७ लाख सहभागी थिए ।
इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका लाखौं समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।
ब्रेक्जिट बिषयले राजनीतिक अन्यौलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दावीसहित सहभागीहरूले यस बिषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका छन् ।
यसैबीच प्रधानमन्त्री मेलाई ब्रेक्जिट रद्द गर्न माग गर्दै शनिबार रातीसम्म ४७ लाख बढि हस्ताक्षर संकलन भएको छ । धारा ५० खारेज गरि ब्रेक्जिट प्रक्रिया रद्द गर्न माग गर्दै शुरु गरिएको हस्ताक्षर अप्रत्यासित रुपमा बढेको हो ।
उता, बेलायती प्रधानमन्त्री टेरेजा मेले आफ्नो ब्रेक्जिट प्रस्तावमा समर्थन जुट्ने अवस्था नआए संसदमा तेश्रो पटक मतदान नहुने जनाउ दिएकी छन् । मेले शुक्रबार सांझ आफ्नो पार्टी टोरीका सबै सांसदहरुलाई एक पत्र लेख्दै आगामी साता हुने तय भएको तेश्रो मतदान कार्यक्रम सम्भवतः नहुने बताएकी हुन् ।
पत्रमा मेले सांसदहरुलाई गम्भीरतापूर्वक सोच्न र वार्ताका लागि पनि आग्रह गरेकी छन् । उनले पत्रमा अब चारवटा विकल्प बांकी रहेको प्रष्टयाएकी छन् । पहिलो उनको ब्रेक्जिट प्रस्ताव आगामी साता पारित गर्ने, दोश्रो समयसीमा बढाउने, तेश्रो धारा ५० खारेज अर्थात ब्रेक्जिट रद्द गर्ने र चौंथो बिना सम्झौता (नो डिल) ईयूबाट बाहिरिने विकल्प बांकी रहेको मेको पत्रमा उल्लेख छ ।
मेको युरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रिया (ब्रेक्जिट) प्रस्ताव यसअघि दुई पटक संसदबाट अस्वीकृत भइसकेको छ ।
यदि संसदबाट पारित नभए ईयूले बेलायतलाई नयां योजना प्रस्ताव गर्न १२ अप्रिलसम्मको समयसीमा दिइसकेको छ । ब्रेक्जिट प्रस्ताव सांसदहरुले पारित गरे भने ब्रेक्जिट समयसीमा २९ मार्चबाट २२ मेसम्म सार्न २७ ईयू राष्ट्रका नेता सहमत भएका छन् ।
युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ब्रसेल्समा १२ अप्रिलसम्ममा ब्रेक्जिट लामो समयका लागि सर्ने वा रद्द नै हुन सक्ने सम्भावना पनि औंल्याएका छन् ।
‘ब्रेक्जिट भविष्य हाम्रा ब्रिटिश साथीहरुको हातमा छ । ईयू त प्रतिकुल परिस्थितिको सामना गर्न पनि तयार छ तर राम्रो हुने अपेक्षा गरौं’, उनको भनाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]