लण्डन- ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहले अर्को जनमत सङ्ग्रह माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।
ब्रेक्जिट विरोधी प्रदर्शनमा करिब दश लाख सहभागी भएको बेलायती अखबारहरुले जनाएका छन्।
प्रदर्शनकारीले ईयू छाड्नुअघि जनतालाई अन्तिम पटक आफ्नो मत जाहेर गर्न अवसर दिन माग गरेका छन् । गत अक्टोबरमा भएको यस्तै खालको प्रदर्शनमा करिब ७ लाख सहभागी थिए ।
इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका लाखौं समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।
ब्रेक्जिट बिषयले राजनीतिक अन्यौलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दावीसहित सहभागीहरूले यस बिषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका छन् ।
यसैबीच प्रधानमन्त्री मेलाई ब्रेक्जिट रद्द गर्न माग गर्दै शनिबार रातीसम्म ४७ लाख बढि हस्ताक्षर संकलन भएको छ । धारा ५० खारेज गरि ब्रेक्जिट प्रक्रिया रद्द गर्न माग गर्दै शुरु गरिएको हस्ताक्षर अप्रत्यासित रुपमा बढेको हो ।
उता, बेलायती प्रधानमन्त्री टेरेजा मेले आफ्नो ब्रेक्जिट प्रस्तावमा समर्थन जुट्ने अवस्था नआए संसदमा तेश्रो पटक मतदान नहुने जनाउ दिएकी छन् । मेले शुक्रबार सांझ आफ्नो पार्टी टोरीका सबै सांसदहरुलाई एक पत्र लेख्दै आगामी साता हुने तय भएको तेश्रो मतदान कार्यक्रम सम्भवतः नहुने बताएकी हुन् ।
पत्रमा मेले सांसदहरुलाई गम्भीरतापूर्वक सोच्न र वार्ताका लागि पनि आग्रह गरेकी छन् । उनले पत्रमा अब चारवटा विकल्प बांकी रहेको प्रष्टयाएकी छन् । पहिलो उनको ब्रेक्जिट प्रस्ताव आगामी साता पारित गर्ने, दोश्रो समयसीमा बढाउने, तेश्रो धारा ५० खारेज अर्थात ब्रेक्जिट रद्द गर्ने र चौंथो बिना सम्झौता (नो डिल) ईयूबाट बाहिरिने विकल्प बांकी रहेको मेको पत्रमा उल्लेख छ ।
मेको युरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रिया (ब्रेक्जिट) प्रस्ताव यसअघि दुई पटक संसदबाट अस्वीकृत भइसकेको छ ।
यदि संसदबाट पारित नभए ईयूले बेलायतलाई नयां योजना प्रस्ताव गर्न १२ अप्रिलसम्मको समयसीमा दिइसकेको छ । ब्रेक्जिट प्रस्ताव सांसदहरुले पारित गरे भने ब्रेक्जिट समयसीमा २९ मार्चबाट २२ मेसम्म सार्न २७ ईयू राष्ट्रका नेता सहमत भएका छन् ।
युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ब्रसेल्समा १२ अप्रिलसम्ममा ब्रेक्जिट लामो समयका लागि सर्ने वा रद्द नै हुन सक्ने सम्भावना पनि औंल्याएका छन् ।
‘ब्रेक्जिट भविष्य हाम्रा ब्रिटिश साथीहरुको हातमा छ । ईयू त प्रतिकुल परिस्थितिको सामना गर्न पनि तयार छ तर राम्रो हुने अपेक्षा गरौं’, उनको भनाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै