बलात्कारीले अपाङ्गता भएकी युवतीलाई पनि छोडेनन्

सप्तरी, ११ फागुन – बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ ।

कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री