काठमाडौँ, २९ माघ – सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक नेपाल आएका छन् भने १४ हजार ४९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.५ प्रतिशतले बढी हो ।
यस अवधिमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १४ हजार ६५० पर्यटक आएका छन् । चीनबाट १४ प्रतिशतले वृद्धि १३ हजार ४८८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार गत वर्षको तुलनामा जनवरीमा थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या क्रमशः ६९.८ प्रतिशत, ३८ प्रतिशत र ८.४ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी बेलायत, जर्मनी र फ्रान्सलगायत युरोपेली मुलुकबाट ११ हजार ९९६ नेपाल भ्रमणमा आएका छन् । जनवरीमा बेलायतबाट चार हजार १३०, जर्मनीबाट एक हजार ५४९ र फ्रान्सबाट एक हजार ३७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
गत वर्षको तुलनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या २८.१ प्रतिशतले वृद्धि भएको छ भने अस्ट्रेलियाको पर्यटकको सङ्ख्या ३१.३ प्रतिशतले वृद्धि भएको देखिन्छ । जनवरीमा मात्र अमेरिकाबाट सात हजार २८ पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट तीन हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा प्रभावकारीरुपमा नेपालको पर्यटनबारे प्रचारप्रसार भएका कारण विदेशी पर्यटक बढ्दो क्रममा रहेको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक