
राष्ट्रपति विद्यादेवी भण्डारी नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा विभिन्न शक्तिपीठहरुको दर्शनका क्रममा महाष्टमीका दिन बुधबार भद्रकाली मन्दिरको दर्शन गर्नुहुँदै । तस्बिर – नवीन पौडेल , रासस ।
काठमाडौँ, ३१ असोज – महाअष्टमीको शुभदिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो ।
राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्नुभयो । उहाँले सम्बन्धित मन्दिरका पूजारीबाट फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभयो ।
आजै बिहान उहाँले काभ्रेको पलाञ्चोक भगवतीको दर्शन एवम् पूजा अर्चना गर्नुभएको थियो ।
महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची